नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग 

मंगलबार, साउन २४, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् ।

अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।’ 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार