सांसदले गराए समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

मंगलबार, साउन २४, २०७९


काठमाडौं । प्रतिनिधिसभाकाे जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको सुरुमै र शून्य समयमा बोलेका सांसदहरुले बाढीपहिरो पीडितको उद्धार र राहत, विद्युती प्राधिकरणको लापरबाहीका कारण नागरिकाले ज्यान गुमाउनु परेको, सरकारले तलब वृद्धिमा कर्मचारीमा विभेद गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

तलब वृद्धिमा असमान भएपछि नायव सुब्बा आन्दोलनमा उत्रिएको भन्दै सांसद हृदेयश त्रिपाठीले सरकारको ध्यानाकर्षण गराए । 

साथै शून्य समयमा उठाइएको विषय कार्यान्वयन नभएको भन्दै उनीहरुले यसका लागि रुलिङ जारी गर्न पनि सभामुखसँग माग गरे 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार