राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

सोमबार, साउन २३, २०७९

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)  ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ ।

पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहेका प्रभाकरलाई आज मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ ।

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमा समेत काम गरेका थिए ।     यसैगरी उनले आफ्नो प्रशिक्षणमा दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसिएनलाई रणजी ट्रफी जिताएका थिए । नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए ।

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार