विदेशबाट फर्किएर पशुपालन 

सोमबार, साउन २३, २०७९

बेनी,  ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाए  । त्यसबाट  परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा  उनी  लागे  । 
किसानसमेत राजनीतिमार्फत समाज रुपान्तरणको अभियानमा लाग्न सक्छन् भन्ने सन्देश पुर्जाले दिएका  छन् दोवावेशी बाख्रापालन फार्म स्थापना गरेका  पुर्जा निवर्तमान वडा सदस्य हुन्  ।  अहिले अधिकांश समय बाख्रापालनमै खर्चिन थालेका  पुर्जाले समय व्यवस्थापन गरेर पार्टी सङ्गठनको कामलाई अघि बढाउने गरेको बताए  । दुई वटा पैँचो बाख्रा लिएर बाख्रापालन सुरु गरेका  उनको फार्ममा अहिले ६० वटाको हाराहारीमा बाख्रा छन् । एक वर्षमा बाख्राको सङ्ख्या सय पु¥याउने पुर्जाको योजना छ ।   वर्षमा एक लाखको खसीबोका बिक्री भएको बताउँदै पुर्जाले फार्मबाट उत्पादन भएका बोका र बाख्राको लागि बजारको अभाव नभएको र माग पु¥याउन नसकेको बताए  । दोवालाई बाख्रापालनको पकेटक्षेत्र समेत घोषणा गरिएको छ । पुर्जाको हजुरबुबाले परम्परागत रुपमा भेडापालन गर्दै आएका  थिए  । फार्ममा एक जनालाई नियमित रोजगारीसमेत दिइएको छ । फार्ममा स्थानीय र उन्नत जातका बाख्रा पालन हुने गरेको छ । पुर्जाको फार्ममा तीन वटा भैँसी छन् । उनले बेँशी नजिकैको सुनारीमा वार्षिक रु २० हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर बङ्गुर र माछापालनसमेत गर्ने तयारी गरेका  छन्  ।    रासस   

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार