विवादले खेलक्षेत्र प्रभावित : अध्यक्ष विनोद महर्जन

आइतबार, साउन २२, २०७९
Global Ime Bank

ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन् । ललितपुर महानगरपालिका-२६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए ।

बुदोकैदो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरवकाे विषय भएकाे उनले बताए । साथै, उनले जिल्लाको खेलकुदको विकासमा गर्न सक्ने सहयोग गर्न सधैं तत्पर रहेको पनि बताए ।

297167042_5381881695229343_1638800822473452796_n1659884715.jpg

ललितपुर महानगरपालिका-२६ का वडा अध्यक्ष शुरेस महर्जनले क्लबको वार्षिक प्रतिवेदन पेश गर्न अनुरोध गरे । उनले अन्तर्राष्ट्रिय खेलमा भाग लिनका लागि आवश्यक कुरा वडामा आएर प्रष्ट पार्न सकिने बताए ।

कार्यक्रममा सोमाङ स्कुलका पूर्व प्रधानअध्यापक जीतबहादुर घलेले खेलप्रति माया भएकाले बुदोकैदो क्लबलाई २० हजार २२ रुपौयाँ सहयोग गरे ।  बुदोकैदो अर्थात नेपाली मौलिक मार्सल आर्ट नेपालको झण्डा, भाषा, संस्कृति, परम्परागत हतियार, शैली प्रयोग हुने यो खेललाई विश्वका २७ देशले मान्यता दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार