५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

आइतबार, साउन २२, २०७९

काठमाडौं । आजदेखि सुरु भएको राजनीतिक दल दर्ता प्रक्रियामा निर्वाचन आयोगमा पहिलो दिन ५ वटा दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍य निर्वाचनमा भाग लिन राजनीतिक दललाई आयोगले दल दर्ताको लागि आह्वान गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । यस्तै दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सुरू गरेको हो ।

 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार