काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे राष्ट्रपतिले लिइन चासो

आइतबार, साउन २२, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छन् । 
राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन् । ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए ।  
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार