प्रेस युनियनका अध्यक्षसहित पाँच जना सम्मानित

आइतबार, साउन २२, २०७९

कावासोती । नेपाल प्रेस युनियन नवलपुरले प्रेस युनियनको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका शिव लम्सालसहित पाँच जनालाई सम्मान गरेको छ । युनियनको हेटौंडामा हालै सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित भएका लम्साल, उपाध्यक्ष नकुल अर्याल, केन्द्रीय सदस्यहरु घनश्याम बगाले, कृष्णकुमारी ढकाल र पत्रकारितामा विद्यावारिधि उपाधि प्राप्त गरेका डा. भूमिराज चापागाईंलाई सम्मान गरिएको हो । 

Bu1659873126.jpg

उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले नेपाल प्रेस युनियन श्रमजिवीहरुको पक्षमा रहेको बताए । उनले श्रमजिवी पत्रकारहरुको हक अधिकारको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध कसैसँग कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको उल्लेख गर्दै अध्यक्ष लम्सालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुलाई स्वतन्त्र तवरले काम गर्न कांग्रेसले छुट दिनुपर्ने बताए । नेपाली संस्कृतिको प्रबद्र्धनमा एफ.एम रेडियोको भूमिका विषयमा विद्यावारिधि गरेका डा. भूमिराज चापागाईंले पत्रकारितालाई जनताले सबैभन्दा बढी विश्वास गर्ने बताए । उनले जनताको विश्वासलाई केन्द्रमा राखेर पत्रकारले सन्तुलित भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका कार्यबाहक सभापति चन्द्रबहादुर राना, उपसभापति बालकृष्ण घिमिरे, सचिब होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, प्रेस युनियन का केन्द्रिय उपाध्यक्ष नकुल अर्याल, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार