प्रधानन्यायाधीश चोलेन्द्र शमशेरमाथिको महाभियोग माथि छलफल जारी

प्रतिनिधि सभा बैठक
आइतबार, साउन २२, २०७९

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल भइरहेकाे छ । 

पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश राणविरुद्ध सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 

महाभियोग प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो । 

महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले 'महाभियोग सिफारिस समिति' गठन गरेको थियो । समितिमा कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट,  माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का रहँदा जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहका  छन् भने प्रमुख प्रतिक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्वाहाम्फे र कृष्णभक्त पोखरेल छन् । 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार