नुवाकोट बेलकोटगढी केन्द्र बिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प (अपडेट)

शनिबार, साउन २१, २०७९

काठमाडौं । उपत्यकावासीले शनिबार बिहानै दुई पटक भूकम्पको धम्का महसुस गरेका छन् । पहिलो परकम्प बिहान ५ बजेर २६ मिनेट जाँदा गएको थियो भने दोस्रो परकम्प ५ बजेर ५२ मिनेटमा गएको हो । बिहानै गएको पहिलाे भूकम्पको परकम्प धेरैले महसुस गरेका थिए । नुवाकोटको बेलकोटगढी केन्द्र विन्दु भई ५.३ रियाक्टर स्केलको भूकम्प गएको हो ।अहिले उपत्यकावासी घर बाहिर निस्केर बसेका छन् । बाहिर सिमसिमे पानी परेकाले पनि धेरै मानिस घर भित्रै त्रासमा बसेका छन् । बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पले राम्ररी हल्लायो ललितपुर महानगरपालिका वडा न‌‌ २७ सुनाकोठी‍ की विमला राईले घर बाहिर निस्किँदै भनिन् । 'खाटमै थिँए मज्जाले हल्लायो, अनि बाहिर निस्किँए' उनले भनिन् ।
यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हल्लाएको साथै खोटाङ र भोजपुरमा केही पुरा घर भत्किएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार