काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का

शनिबार, साउन २१, २०७९

काठमाडौं । उपत्यकावासीले शनिबार बिहानै भूकम्पको धम्का महसुस गरेका छन् । विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरेका हुन् । भूकम्पले राम्ररी हल्लायो सुनाकोठी-२७ की विमला राईले घर बाहिर निस्किँदै भनिन् । 'खाटमै थिँए मज्जाले हल्लायो, अनि बाहिर निस्किँए' उनले भनिन् । भूकम्पको केन्द्र विन्दु र रेक्टर स्केल तल्काल थाहा भएको छैन । अहिले उपत्यकावासी घर बाहिर निस्केर बसेका छन् । बाहिर सिमसिमे पानी परेकाले पनि धेरै मानिस घर भित्रै त्रासमा बसेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार