सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो ।निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ ।