शिशिर खनालले घोषणा गरे काठमाडौँ–६ बाट उम्मेदवारी

शुक्रबार, साउन २०, २०७९

काठमाडौं । शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील काठमाडौं सामाखुसीका शिशिर खनालले सङ्घीय संसद प्रतिनिधि सदस्यका लागि काठमाडौं–६ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार दिउँसो  सामाजिक सञ्जाल फेसबुकबाट आफूले काठमाडौं–६ वाट उम्मेदवारी दिने उनले घोषणा गरेका हुन् । 
‘देशको समग्र दिशा परिवर्तनका लागि राजनीति महत्त्वपूर्ण र अपरिहार्य मार्ग हो भन्ने बोध सानै उमेरदेखि हुँदा हुँदै पनि राजनीतिमा सक्रिय रुपमा प्रवेश गर्ने आँट निकाल्न सकेको थिइन’ खनालले सामाजिक सञ्जालमा लेखेको छन, ‘मध्यम वर्गीय परिवारका आफ्नै खाले बाध्यताहरू हुन्छन् । रोजीरोटी र सामाजिक बन्धनबाट निस्किएर केही फरक गर्न कैयौँ सामाजिक, पारिवारिक र मानसिक अवरोधहरुबाट बाहिर निस्कन सक्नु पर्ने हुन्छ । आफूसँग भएका ज्ञान, सीप र क्षमतालाई केवल बजारको मूल्यमा साट्नु भन्दा पर गएर केही गरिहाल्न हजारौँ पटक सोच्नु पर्ने आफ्नै खाले वाध्यताहरू पनि हुन्छन् । तर यी बाध्यता र चुनौतीहरुले वर्षौँदेखि मन भित्रको रहेको हुटहुटि कहाँ मार्न सक्छ र ।’

उनले अगाडि  लेखेको छन, ‘दीर्घकालीन राष्ट्रिय स्वार्थ भन्दा क्षणिक स्वार्थमा हराई रहेको नेतृत्वको छेउमा बसेर चुपचाप हेरेर परिवर्तन को आशा गरीराख्न अब मनले मानेन। बरु सक्रिय राजनीतिमा लागेर विश्वस्तरका विश्वविद्यालयबाट सार्वजनिक नीति र राजनैतिक अर्थशास्त्रमा आर्जन गरेको ज्ञान, शिक्षा र समुदायको खारिएको बुझाई, तुलसीपुर उपमहानगरपालिकामा निर्माण गरेको नीति र परिवर्तनका मार्गचित्र र उद्यमशीलता का पाठहरूलाई देशको वृहत् हितमा लगाई उपयोगमा लगाउने विचार सहित नयाँ आँट गरेको छु ।’

आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौँ–६ बाट सङ्घीय संसदका लागि उम्मेदवार हुनेछ उनले लेखेको छन्।
‘सधैँजस्तो मलाई आड भरोसा दिने मेरो परिवार र शुभचिन्तक, मेरो अठोटका खम्बाहरु आदरणीय पथप्रदर्शक र सहयोगीहरू, साथै देशै भरी मैले सँगै काम गरेका युवाहरू, दशौँ हजार साना भाइबहिनी र बुवाआमाका सपनाहरू नै मेरो प्रेरणा हुन्’ उम्मेदवारी घोषणा गर्दै उनले लेखेको छन् । 
उलने भनेको छन, ‘फेरि अर्को आँट (परिवर्तनका लागि ।
परिवर्तन हाम्रै पालामा ।’
उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन, ‘चुनावी प्रयोजनको लागि फेसबुक पेज बनाएको जानकारी दिँदै पेजलाई लाईक र सेयर गर्दिनु होला ।’ 

https://www.facebook.com/shisirkhanalktm/

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार