करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

शुक्रबार, साउन २०, २०७९
मयुर प्लाई

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । 

फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरि ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउ गरि अदालत बुझाएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार