साढे ११ किलो चरेशसहित एक जना पक्राउ

बिहीबार, साउन १९, २०७९
मयुर प्लाई

बझाङ ।  बझाङ प्रहरीले साढे ११ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार  सु.प.प्र. ०२००१ ख १११९ नम्बरको बसमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारील बस्‍ने ४३ वर्षीय बिरेन्द्रबहादुर खडायतलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायातको बस बित्थडचिर गाउँपालिका-८ बागथलास्थित जयपृथ्बी राजमार्गमा चेकजाँच गर्ने क्रममा खडायतलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टले बताए ।    

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार