तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध 

बिहीबार, साउन १९, २०७९

तनहुँ ।  पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । 

पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । 

गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार