ईनारभित्र एक जनाको शव फेला

बिहीबार, साउन १९, २०७९
मयुर प्लाई

उदयपुर । उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एकजना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ । कटारी नगरपालिका–४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले ईनारमा शव  देखेपछि प्रहरीलाई खवर गरेका थियो ।  

घटनास्थल पुगेर शव  निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको  ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी  मानबहादुर राईले  राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । ' कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’, डिएसपी राईले भने ।

घटना लगत्तै सशस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका  प्रहरीको टोलीले शव ईनारबाट निकालेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार