सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा एवं कांग्रेस काभ्रेका पहिलो पुस्ताका नेता गोपालदास वादेको निधनप्रति दुःख व्यक्त गरेका छन् । वादेको ९७ वर्षको उमेरमा आज बिहान काभ्रेको बनेपास्थित आफ्नै निवासमा निधन भएको हो । सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसको सङ्गठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनमा वादेले पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले उनको निधनबाट कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको उल्लेख गरेका छन् ।