प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्न दलहरु सहमत  

बुधबार, साउन १८, २०७९

काठमाडौं  । निर्वाचन आयोगले प्रस्ताव गरेकै मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न गठबन्धन दलहरु सहमत भएका छन् । निर्वाचन आयोगले मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन गर्न प्रस्ताव गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनका नेताहरुकाे बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति भएका हुन् । 
अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने निर्णय गर्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक भोलि बिहीबार बस्दैछ । ‘अबकाे मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्नेछ । यस विषयमा गठबन्धन दलबीच सहमति जुटेको हो’ पाँच दलको बैठकमा सहभागी एक नेताले शब्दपाटीसँग भने । 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार