निर्वाचन मिति  तय गर्न गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा   

बुधबार, साउन १८, २०७९

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेताहरू छलफलमा जुटेका  छन्  । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका सन्दर्भमा छलफल भइरहेको बताइएको छ । आगामी मंसिर ४ गतेभित्रै निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताइएपनि हालसम्म घोषणा भइसकेको छैन ।    

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार