सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी । सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएकाे हाे ।
अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताए । ०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियोे ।
कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बसेको थियो । अहिले कोसीले धार बढलेर पुरानै ठाँउमा आएपपछि बसेका बस्ती प्रभावित भएको हो । बेलका नगरपालिकाका स्थानीयका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनीहरूको भनाइ छ।
बेलका-३ मा मात्र नाै सय घर प्रभावित भएको स्थनीयले बताए । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ ।
केहीबेरमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्न लागेको र त्यसपछि विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितहरूलाई राख्ने विषयमा छलफल हुन सक्ने अध्यक्ष आचार्यले बताए ।
यता, बाढी विस्थापितहरू अहिले आफन्तकोमामा शरण लिइरहेका छन् ।
सप्तकोसी बाढीपीडितको उद्धार र बासको व्यवस्था मिलाउन नेपाल कम्युनिस्ट पार्टीको माग
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वर्षाका कारण सप्तकोसी नदीको बहाव बढ्न गई उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै प्राकृतिक बिपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । साथै, साहस र सम्यमताका साथ विपत्तिको सामना गर्न बेलकावासीलाई विशेष अनुरोध गरिएको छ ।
जोखिममा परेका बेलकावासीको सुरक्षित स्थानान्तरण, उद्धार र सुरक्षित स्थानमा बासको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ । प्राकृतिक प्रकोप र दुःखमा परेका जनताको उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न उदयपुर जिल्ला पार्टीलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग नेपाल कम्युनिष्ट पार्टीले माग पनि गरेको छ ।