विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’ : शङ्कर पोखरेल

बुधबार, साउन १८, २०७९

दाङ, । नेकपा  एमालेका महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन्  । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएका  छन्  ।  महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भने  । उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे  ।  पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत  गरे  ।    कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए  ।  रासस    

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार