जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

बुधबार, साउन १८, २०७९

सुुर्खेत । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम  चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । 

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए ।  सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेवारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए ।

यसवारेमा बुझन खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाई छ तर  प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारवाही गरिने बताए । उनले भने, ‘भोली विहान छलफलका लागि बोलाएका छौं आवश्यक कारवाही हुन्छ ।’ 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार