प्रजातन्त्र सेनानी बादेको ९७ बर्षको उमेरमा निधन

बुधबार, साउन १८, २०७९

काभ्रे । प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो ।

नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन । भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् । बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो । 

 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार