पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध 

अवरुद्ध पृथ्वी राजमार्ग एकलेनमा चल्न थाल्यो 
सोमबार, साउन १६, २०७९

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । 

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।   अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । 

अवरुद्ध पृथ्वी राजमार्ग एकलेनमा चल्न थाल्यो 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छ्याइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् । 

पहिरो पूर्णरुपमा  हटाएर सवारी साधन दुईतर्फि सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार