अरनिको राजमार्गमा २० मिटर सडक भासियो, चीन जाने सवारी सधानको आवागमन रोकियो 

सोमबार, साउन १६, २०७९

काठमाडौं । अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । 

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ । 

सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार