नौ महिनासम्म रोकिएको खाद्यान्न हुम्लाको लिमि पुग्यो 

सोमबार, साउन १६, २०७९

हुम्ला । चीन सरकारले अनुदान सहयोग दिएको तर हिमपातका कारण नौ महिनासम्म हिल्सामा रोकिएको खाद्यान्न अन्तत: नाम्खा गाउँपालिकाको लिमीमा पुगेको छ । 

चीन सरकारले अनुदान स्वरुप दिएको उक्त ठूलो परिमाणका खाद्यान्न नारा लेकमा नौ महिना अघि नै पुगेको भए पनि बाटोका कारण रोकिएको र हाल न्यालुको सडक मर्मत गरिएपछि भने गाडीमार्फत सो खाद्यन्नलाई लिमी पुर्‍याइएको हो ।

नाम्खा–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार गत मङ्सिर महिनाबाट उक्त खाधान्न हिल्सामा नै  रोकिएको थियो, जसलाई बाटो नभएका कारण हिल्सामा नै गोदाम बनाएर भण्डारण गर्नू परेको थियो । वाटो मर्मत भएलगत्तै गाडीमार्फत १ हजार १ सय बोरा खाद्यान्न भने हिल्साबाट सल्ली,  न्यालु  हुँदै  लिमीमा पुगिसकेको छ । यसरी पुगेको सो उक्त खाद्यान्न लिमीका २ सय १२  घरधुरीलाई  वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

गत मंशिरमा नै आएको तर हिमपातका कारण हिल्सा रोकिएको भएपनि त्यस मध्येका केही मात्राको खाद्यान्न भने यसअघि नै हेलिकोप्टरबाट ढुवानी गरेर आपूर्ति गरिएको थियो । बाटो मर्मत भए लगत्तै अब भने यसरी अनुदानमा आएका सबै खाद्यान्न लिमि पुर्‍याईनेछ । 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार