नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो हटाएपछि सवारी सञ्चालनमा

सोमबार, साउन १६, २०७९

चितवन । अविरल बर्षका कारण आइतवार राती झरेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ ।

सो सडक खण्ड अन्तर्गतको भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित आइतवार राती खसेको पहिरो पन्छाए पछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । 

तयारी अवस्थामा रहेका दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइए पछि सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार