सर्लाहीमा बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु 

आइतबार, साउन १५, २०७९
मयुर प्लाई

सर्लाही,  । सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजारमा आज बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कौडेना गाउँपालिका–३ बस्ने ४० वर्षिय चन्दन चौधरी रहेका छन् । आज बिहान पौने ११ बजे ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार