नागढुङ्गाबाट बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद   

शुक्रबार, साउन १३, २०७९
मयुर प्लाई

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बिल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ । ना.६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ । 

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार