करेन्ट लागेर दुई जनाको मृत्यु

शुक्रबार, साउन १३, २०७९
मयुर प्लाई

काठमाडौं, ।  भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ ।  करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको  छ ।  मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।   

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार