युवा रक्षक जुलेस कोउन्डे बार्सिलोनामा

शुक्रबार, साउन १३, २०७९
Global Ime Bank

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५०मिलियन युरोमा अनुबन्ध गरेको छ । क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेको सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ । 

सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन् । उनले नेसन्स लिगमा स्पेनविरुद्ध डेब्यु गरेका थिए । युवा रक्षकलाई भित्राउन इंग्लिस क्लब चेल्सी समेत अग्र स्थानमा रहेको थियो । कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । सन् २०१९ मा बोर्डेउक्सबाट सेभिया आएपछी कोउन्डेले युरोपा लिगको उपाधी हात पारेका थिए । 

प्रशिक्षक जाभिले कोउन्डे अघि पोल्यान्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ब्राजिल स्ट्राइकर राफिन्हा, डेनमार्क डिफेन्डर क्रीस्टेन्सनलाई अनुबन्ध गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार