कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जा मार्फत सेवा दिइने

शुक्रबार, साउन १३, २०७९

सुर्खेत । कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जा मार्फत काम गर्ने सहमति भएको हो ।

ऊर्जामन्त्री गणेशप्रसाद सिंह र  केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

01659058302.jpg

जाजरकोटमा विद्युत नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य उर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ । योभन्दा अगाडी जाजरकोटका नलगाड ,बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जा मार्फत १० वर्षसम्म विद्युत लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जा मार्फत सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाइ निर्देशन समेत दिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार