सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप÷कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए । दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए ।
आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन् । आव २०७६÷७७ मा ४४ तथा आव २०७५÷७६ मा ६० जनाको सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए । “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ”, नेपालले भने, “युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ ।”
टिपरको ठक्करले झापामा साइकलयात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो । टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।