यु २० साफ च्याम्पियनसिपमा लगातार दोस्रो जितसंगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित

बुधबार, साउन ११, २०७९
Global Ime Bank

काठमाडौं ।  कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर स्थित कालिङा रंगशालामा नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लियो ।

नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे ।

जितसंगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा उक्लियो । लगातार दोस्रो हारसंगै श्रीलंका बिना अंक पुछारमा छ ।

आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २-१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि नेपालको जितसंगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार