बङ्गलादेशले महिला टी–२० विश्वकप आयोजना गर्ने

बुधबार, साउन ११, २०७९
Global Ime Bank

नयाँदिल्ली । बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ । 
साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मङ्गलबार आइसिसिले प्रकाशन गरेको विज्ञप्तिमा भारतले सन् २०१३ पछि पहिलो पटक यो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको बताइएको छ ।  त्यसैगरी आइसिसिले श्रीलङ्काले सन् २०२७ मा महिला टी–२० च्याम्पियन ट्रफिको आयोजना गर्ने भएको हो । आइसिसि बोर्डले प्रतिस्पर्धाका आधारमा ती प्रतियोगिताहरुको आयोजना गर्न दिने गरी छनौट गरेको छ ।– रासस/सिन्हवा

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार