एसईईको नतिजा सार्वजनिक

सबैभन्दा धेरै विद्यार्थीले ल्याए २.१ देखि २.४ जीपीए
बुधबार, साउन ११, २०७९

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।  कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । 

सबैभन्दा धेरै विद्यार्थीले ल्याए २.१ देखि २.४ जीपीए

३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १‍.९४ प्रतिशत रहेको छ । नन ग्रेड ल्याउनेको संख्या ४.५५ रहेको छ भने ०.८१ देखि १.२ जीपीए ल्याउनेको संख्या ०.६६ प्रतिशत रहेको छ ।
यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २०.२९ प्रतिशत, २.०१ देखि २.४ जीपीए ल्याउनेको संख्या २२.७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८.३१ प्रतिशत रहेको छ ।
२.८१ देखि ३.२ जीपीए ल्याउनेको संख्या १४.१३ प्रतिशत र ३.२१ देखि ३.६ जीपीए ल्याउनेको सख्ंया १.४ प्रतिशत रहेको छ । 
स्थानीय तहको निर्वाचनका कारण यस वर्ष एसइईको नतिजा सार्वजनिक हुनमा ढिलाई भएको हो । 

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्राली, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्राली, इडीयु सञ्जाल र रिडर्स पोइन्ट प्रालीले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार