उर्जनलाई यु-१७ फुटबल टोलीको जिम्मेवारी

बुधबार, साउन ११, २०७९
Global Ime Bank

काठमाडौं । यु १७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  यु १७ टिमको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको जनाएको हो । 

श्रेष्ठको प्रशिक्षणमा नेपाली टिमले सेप्टेम्बरदेखि हुने यु १७ साफ च्याम्पियनसिप र सन् २०२३ मा हुने एएफसी एसियन कप छनोट खेल्नेछ । यी दुई प्रतियोगिताको लागि एन्फाले मंगलबारदेखि खेलाडी छनोटको खुल्ला प्रकृयासमेत सुरु गरिसकेको छ ।

श्रेष्ठ ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारका प्रशिक्षक हुन् । श्रेष्ठको प्रशिक्षणमा रहेको थ्री स्टार गएको सिजन तालिकाको छैटौं स्थानमा सीमित भएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार