एसईईको नतिजा आज

त्यसअघि बोर्डको बैठक
बुधबार, साउन ११, २०७९

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । त्यसअघि आज दिउँसो २ बजे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालको बैठक डाकिएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने उल्लेख गरे ।

बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार