डुंगामा सवार महिलालाई सेलफिसले आक्रमण गरेपछि...

मंगलबार, साउन १०, २०७९

न्युयोर्क । विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस ९लामो र तिखो चुच्चो भएको समुद्री माछा० पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ । अमेरिकाको फ्लोरिडामा माछा मार्ने डुंगामा सवार मेरील्याण्डकी ७३ वर्षीया महिलालाई सेलफिसले आफ्नो चुच्चो धसेर घाइते बनाएको हो ।

मार्टिन काउन्टी शेरिफको कार्यालयको रिपोर्टअनुसार महिलालाई गत मंगलबार माछाको तिखो चुच्चोले धसेको थियो । उनीसँग दुई जना पुरुषहरू पनि डुंगामा सवार थिए । सेलफिस इस्टियोफोरस जीनसमा रहेका समुद्री माछाका दुई प्रजाति अन्तर्गत पर्छन् । उनीहरु निलादेखि खैरा सम्म हुन्छन् । उनीहरूको विशेषतः ठूलो पखेटा हुन्छ, जसलाई पछाडिको भागसम्म फैलाउन सक्छन् । लामो र तिखो चुच्चो सेलफिसको अर्को महत्वपूर्ण विशेषता हो । सेलफिसलाई समुद्रको सबैभन्दा छिटो प्रजातिको माछा बताइन्छ ।–एजेन्सी

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार