आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाद्धारा बाल सुधार गृहलाई खेलकुद-शैक्षिक सामग्री सहयोग

सोमबार, साउन ९, २०७९

नेपालगन्ज । द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले बाँकेको जयेन्दु बाल सुधार गृहलाई व्यक्तिगत रुपमा ६५ हजार रुपैयाँको खेलकुद र शैक्षिक सामग्री सहयोग गरेका छन् । गत जेठमा सुधार गृहको स्थलगत अवलोकन गरेकी माथेमाले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । द आर्ट अफ लिभिङ मुख्यालय भारतको बेङ्ग्लोरबाट आएका स्वामी ओमकारानन्दले बाल सुधार गृहकी इन्चार्ज विमला काउचालाई आइतबार ती सामग्री हस्तान्तरण गरे । 
द आर्ट अफ लिभिङका स्वयंसेवक सुधीर गौतमका अनुसार कापी ३८० वटा, कलम ३८० वटा, ड्रङग कापी ५० वटा, पेन्सिल कलर सेट ५० वटा, फुटबल ३ वटा, भलिबल ३ वटा, क्रिकेट सेट र १२ वटा लेदर बल, भलिबल जाली, ब्याटमिन्टन ४ वटा, ब्याटमिन्टन कक ६ वटा, चेस ५ वटा, लुडो ५ वटा, क्यारेम बोर्ड एउटा हस्तान्तरण गरिएको हो । ‘तिमीहरूको मैले मुहारमा तनाव देखिरहेको छु ।

Help-for-Bal-sudhar-Ghira1658734677.jpgमानसिक र शारीरिक रुपमा स्वस्थ हुनका लागि पनि तिमीहरुले खेल्नुपर्छ’, शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गर्दै स्वामी ओमकारानन्दले भने, ‘कुनै परिबन्धमा परेर तिमीहरुबाट गल्ती भयो । जीवनमा गल्ती सबैबाट हुुन्छ । गल्ती दोहो¥याए मुुर्ख हुन्छौं । गल्तीबाट पाठ सिक्न सकेर सत्कर्ममा लागेमा घर, परिवार र समाजका लागि उदाहरणीय व्यक्ति बन्न सक्छौं ।’ 
कार्यक्रममा बाल सुधार गृहकी इन्चार्ज काउचा मगरले बाल सुधार गृहका बालकका लागि खेलकुद सामग्री तनाव मुक्त गर्न मद्दत मिल्ने बताइन् । हस्तान्तरण कार्यक्रममा द आर्ट अफ लिभिङका योग प्रशिक्षक सुचिता थापा र स्वयंसेवक शंकरप्रसाद खनाल पनि सहभागी भएका थिए । सुधार गृहमा केही समय अगाडि द आर्ट अफ लिभिङले ५ दिने नव चेतना योग शिविर पनि सञ्चालन गरेको थियो । 

IMG-20220724-WA0011 (1)1658734935.jpg

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार