साफ यू-२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वर पुग्यो

शनिबार, साउन ७, २०७९
Global Ime Bank

काठमाडौं, । भारतमा आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेस्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ  (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।एन्फाले प्रतियोगिताका लागि  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेल २७ जुलाईमा श्रीलंका र  तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार