भलिवल संघको निर्वाचन भदौ चौथो साता

बिहीबार, साउन ५, २०७९
Global Ime Bank

काठमाडौं ।  नेपाल भलिवस संघ (एनभिए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो । ‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले न्युज कारखानालाई बताए । विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन । आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार