महिला युरो च्याम्पियनसिपमा रोमान्चक जितसहित इंग्ल्यान्ड सेमिफाइनलमा

बिहीबार, साउन ५, २०७९
Global Ime Bank

काठमाडौं ।  प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो ।  

अब, सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासंग खेल्नेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार