नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १२ उपसमिति

बुधबार, साउन ४, २०७९
Global Ime Bank

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराए । विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ(आफ्नो जिम्मेवारी सुम्पिएको छ ।

‘उपसमितिको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन दिएको छ । जसमध्ये हामीले १२ उपसमिति बनाएका छौं,’ घिसिङले भने । अनुशासन समिति  र सुरक्षा समिति  भने राखेपले केही समयपछि मात्रै घोषणा गर्ने सदस्यसचिव घिसिङले बताए । गठन भएका समितिको सचिव प्रशासकीय र कर्मचारी  तथा प्रायः राखेपकै विज्ञ रहेको सदस्य सचिव घिसिङले बताए । नेपाल सरकारले ६० करोडभित्र नवौं प्रतियोगिता समापन गर्न निर्देशन दिएको छ । प्रतियोगिता २८ असोजदेखि ३ कात्तिकसम्म हुनेछ । जहाँ ३६ खेल आयोजना हुनेछन् ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार