१९औं खेलकुदको नयाँ मिति घोषणा

मंगलबार, साउन ३, २०७९
Global Ime Bank

काठमाडौं   ।१९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो ।अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ । यसअघि यही सन२०२२ को १०  सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता हुने भनिएको थियो ।प्रतियोगिता आयोजनाका लागि बनेको विशेष टास्क फोर्सले चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरुसँगको छलफलपछि मिति तय गरेको ओसिएले जनाएको छ ।

 


 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार