तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

आइतबार, साउन १, २०७९

दमौली । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो । एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । “फोटोसहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ”, उनले भने , “दैनिकजसो कार्यालयमा भीड हुन्छ ।” मतदाता नामावली दर्ताका लागि विभिन्न पालिकाबाट सर्वसाधारण बस रिजर्भ गरेर आउने गरेका छन् । तनहुँमा हालसम्म दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । विसं २०७९ साल वैशाख २९ गतेसम्म एक लाख १७ हजार १३४ पुरुष र १२७ हजार दुई ६०० छ मतदाता छन् ।  

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार