एन्जल्स एसइइ कप बास्केटबल भोलिदेखि

शुक्रबार, असार ३१, २०७९
Global Ime Bank

काठमाडौं । एन्जल्स हार्ट मावि-कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन् । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । 

सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ । त्यस्तै पहिलो हुनेलाई १०० प्रतिशत र दोस्राेलाई ७५ प्रतिशत छात्रवृत्ति एन्जल्स हार्टमा प्रदान गरिने छ । 

सेमिफाइनलिस्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रा.लि. का अध्यक्ष लिलबहादुर पुनले जानकारी गराए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ६ हजार रुपैयाँ खर्च हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइने छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार