इंग्ल्यान्डसँग भारतको खराब हार

शुक्रबार, असार ३१, २०७९
Global Ime Bank

काठमाडौं ।  इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।

भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इंग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै  २४६ रन बनायो ।

इंग्ल्यान्डका मोईन अलीले  ४७ रन बनाए ।  डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार