‘सिर्जना गर्न सजिलो छैन’

बुधबार, असार २९, २०७९

झापा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले नेता हुन जति सजिलो छ साहित्यकार हुन त्यति सजिलो नहुने बताए  । उनले भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले २०९औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतालाई भाषणा गर्न सजिलो हुने तर  साहित्य सिर्जना गर्न कठिन हुने बताए  ।

मुख्यमन्त्री राईले भने , “साहित्यकार हुन त्यति सजिलो छैन । नेताले भाषण गर्न सक्छ, तर सिर्जना गर्न गाह्रो छ ।” उनले जनताले खेलाडी, नेतालाई छिट्टै बिर्सने तर लेखक र कविलाई कहिल्यै नबिर्सने बताए  । मन्त्री राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदान कसैले भुल्न नहुने बताए  । कार्यक्रममा भानुको पूर्णकदको शालिकमा माल्र्यपण गर्दै उनले वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितसहित छ जनालाई सम्मान गरेका  छन्  । 

भानु साहित्यिक पुरस्कारबाट प्रश्रितलाई नगद रु एक लाख एक हजार, इतिहासकार÷अन्वेषक क्या गोपिलाल लिम्बू, पत्रकार जीएन शर्मा, साहित्यकार भानुभक्त कुभिण्डेली, शशिप्रसाद बजगाईँ, मातृकाप्रसाद सङ्ग्रौलालाई नगद रु २१ हजारका दरले मन्त्री राईले सम्मान गरका   छन् । 

कार्यक्रममा साहित्यकार यज्ञराज प्रसाईँको ‘जीवनको अन्तराल निवन्ध सङ्ग्रह’ र भानुक्त कुभिण्डेलीको ‘सच्चा सारथी महाकाव्य’ लोकार्पण गरिएको छ । प्रसाईँको पुस्तकको टिप्पणी प्राध्यापक पुण्यप्रसाद खरेल, कुभिण्डेलीको पुस्तकको साहित्यकार हरिनारायण ढकाल र वरिष्ठ साहित्यकार प्रश्रितको समीक्षा साहित्यकार पुण्यप्रसाद खरेलले गरेका  थिए  । 

प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा मारुनी, साकेला, नौमती बाजा र नृत्यहरू प्रस्तुत गरिएको थियो । भानुभक्तको जन्मजयन्तीको अवसर पारेर मङ्गलबार आयोजना गरिएको कवि गोष्ठीका विजेताहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो । रासस 
 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार